२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युत् प्राधिकरणका पुन र आचार्यलाई नहटाउन सर्वोच्चको आदेश

विद्युत् प्राधिकरणका पुन र आचार्यलाई नहटाउन सर्वोच्चको आदेश

420
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनील पोखरेलको एकल इजलासले पुन र आचार्यलाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको हो। पुन र आचार्यले आफूहरूलाई नहटाउन र ऊर्जामन्त्रीले नियुक्त गरेका दुई सञ्चालकको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

ऊर्जा मन्त्री दीपक खड्काले गत साउन १८ गते पुन र आचार्यलाई बर्खास्त गरी उनीहरूको ठाउँमा पूर्व ऊर्जा सचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए।

प्राधिकरण सञ्चालक समिति बैठकमा पुन र आचार्यले लाइन काटिएका ६ उद्योगमा पुन लाइन काट्ने निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेपछि ऊर्जा मन्त्रालयले साउन १५ गते स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij