काठमाडौं – पिपुल्स इनर्जी लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीलाई आईपीओ जारी गर्न विद्युत नियमन आयोगले गत साउन २२ गते सहमति दिएको हो । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउनेछ ।
कम्पनीले रामेछापको खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको २०८१ सालभित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल र शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij