२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६.७० अंकले बढ्यो

नेप्से ६.७० अंकले बढ्यो

355
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)  बिहीबार ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

बिहीवार ६ वटा उपसूचकमा हरियाली देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट, हाइड्रोपावर, ट्रेडिङ, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बढेको हो । बाँकी अन्य उपसूचक भने घटेका छन् ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij