काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने उक्त सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ रहेको थियो ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij