२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल काभा भलिबल नेसन्स लिगमा उपविजेता

नेपाल काभा भलिबल नेसन्स लिगमा उपविजेता

345
Shares

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी भारतसँग ३-२ को सेटमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो। त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो। पहिलो सेट २५-२३ जितेको थियो। पहिलो सेटमा नेपालले २०-२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएको जितेको थियो।

दोस्रो सेटमा नेपाल २५-१४ ले पराजित हुँदा खेल १-१ को अवस्थामा आयो। तेस्रो खेलमा नेपाल खेलमा फर्कियो। नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लियो। तर चौथो खेलमा भारतले पुनरागमन गर्‍यो। २५-२१ ले भारतले सेट जितेपछि खेल पाँचौ सेटमा पुग्यो। पाँचौं सेटमा नेपाल १५-५ ले हार्‍यो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij