२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटिजन्स बैंकका ग्राहकलाई मेडिसिटी वयोधा हस्पिटलको सेवामा छुट

सिटिजन्स बैंकका ग्राहकलाई मेडिसिटी वयोधा हस्पिटलको सेवामा छुट

1.1K
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच सो सम्बन्धी सम्झौता भएको हो ।

समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij