२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा

न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा

385
Shares

काठमाडौं – मन्त्रीपरिषद्को बैठकले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना मन्त्री परिषद्ले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij