२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

330
Shares

काठमाडौं – राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।

स्रोतका अनुसार उनी आफ्नो बहिनि शेख रेहानालाई साथ लिएर भारततर्फ लागेकी छन्। उनले राजीनामा दिएको खबर बाहिरीए लगत्तै बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदशनकारीहरुले प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमाथि आक्रमण गरेका छन् ।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij