२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ४०.७६ अकंले बढ्यो

नेप्से ४०.७६ अकंले बढ्यो

390
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अकंले बढेर २७९६.३८ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोममबार ७ उपसूचकमा हरियाली आएको छ । यसदिन होटल तथा पर्यटन समूहको ६.६९ प्रतिशत, हाइड्रोपावर समूहको ३.०९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.५२ प्रतिशत, जीवन बीमा समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij