२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

गार्डियन माइक्रो लाईफले आईपीओ निष्कासन गर्ने

560
Shares

काठमाडौं – गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीले सेयरको खरिद प्रत्याभुतिका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकलाई नियुक्त गरेको छ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij