२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, अन्य सुचक यस्ता छन् ?

प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, अन्य सुचक यस्ता छन् ?

390
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो हाल प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। हाल प्रकाशित वित्तीय विवरणमा बैंकको अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को खुद नाफा २८ करोड मात्र उल्लेख छ। जबकी गत आर्थिक वर्ष प्रकाशित अघिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष २०७९/८०) को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्ष प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। तर आज प्रकाशित विवरण अनुसार सो आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ। जसका कारण हाल प्रकाशित वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

हाल प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij