२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका यस्ता छन् वित्तीय सूचक

सिटिजन्स बैंकका यस्ता छन् वित्तीय सूचक

1.1K
Shares

काठमाडौं – सिटिजन्स बैंकले गत आर्थिक वर्षको अप्रिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ। यो कम्पनी आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  गत आर्थिक वर्षमा कम्पनीको निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि भएको छ भने ऋणीको लागि महत्त्वपूर्ण मानिने आधार दर  पनि एकल अंकमा आएको छ।

वित्तीय  विवरणमा उल्लेख भएअनुसार कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) एवं तरलता अनुपाप (लिक्वयुडिटि रेसियो) ले कम्पनीको वित्तीय अवस्था स्वस्थ रहेको चित्रण गरेको छ । कम्पनीको कुल निक्षेपमा चालू र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको देखिन्छ । पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा संकुचन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनलिे १ अर्ब ८६ करोड खुद मुनाफा आर्जन गरेको थियो।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड खुद मुनाफा आर्जन गरेपनि शेयरधनीहरुलाई वितरण गर्न सक्ने मुनाफा रकम भने ६१ करोड ६१ लाख रुपैयाँ छ। कम्पनीले दिन सक्ने लाभांश प्रतिशतको हिसाबमा ४.३४ प्रतिशत हुन आउँछ। कम्पनीको इम्पेयरमेन्ट चार्ज ४५.११ प्रतिशतले बढेर ८५ करोड ९५ लाख रुपैयाँ पुग्दा त्यसले वितरणयोग्य मुनाफामा असर पारेको देखिन्छ।

गत आर्थिक वर्षमा कम्पनीले १ खर्ब ८९ रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको महत्त्वपूर्ण आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी भने झिनो अंक अर्थात् २.४४ प्रतिशतले घटेर ५ अर्ब ६८ अर्ब रुपैयाँ छ।

कम्पनीको चुक्तापूँजी १४ अर्ब २० करोड छ भने रिजर्भ कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ। त्यस्तै प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४६.२० रुपैयाँ छ।

समग्र अर्थतन्त्रमा आएको मन्दीको प्रभाव कम्पनीको खराब कर्जा अनुपातमा देखिएको छ। कम्पनीको खराब कर्जा अनुपात करिब २० प्रतिशतले बढेर ३.३९ प्रतिशतबाट ४.०७ प्रतिशत पुगेको छ।

आर्थिक क्रियाकलापहरुमा सुस्तताका बावजुद पनि कम्पनीले गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा चार, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij