२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीवाईडीका गाडी किन्न एनआईएमबी बैंकको फाइनान्सिङको सुविधा

बीवाईडीका गाडी किन्न एनआईएमबी बैंकको फाइनान्सिङको सुविधा

1.2K
Shares

काठमाडाैं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्क बीच फाइनान्सिङ सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंककातर्फबाट सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेकी छन् ।

सम्झौतासँगै अब कम्पनीले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ उपलब्ध गराउने भएको छ ।यसका लागि बीवाईडीको गाडी किन्न चाहनेले कम्पनीको शाखा कार्यालयमा गएर अटो ऋणका लागि आवेदन दिन सक्नेछन् ।

तीन दिनको मूल्यांकनपछि योग्य ग्राहकले सहजै ऋण सुविधा पाउने बीवाईडीले जानकारी दिएको छ ।यसका लागि ब्याजदर निकै सुलभ आधार दरमा एक प्रतिशतमात्रै प्रिमियम हुने पनि बैंकले जानकारी दिएको छ ।

कम्पनीले २७२ वटा शाखा कार्यालय तथा २६६ वटा एटीएमबाट ग्राहकलाई सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij