काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।
त्यस्तै आइतबार बैंक तथा वित्तीय संस्था, विद्यालय तथा सरकारी कार्यालयहरू बन्द हुने भएकाे छ। साताकाे पहिलाे दिन, शेयर काराेबार पनि बन्द हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij