२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ??

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ??

535
Shares

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij