२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समाज लघुवित्तको विशेष साधारण सभा आह्वान

समाज लघुवित्तको विशेष साधारण सभा आह्वान

480
Shares

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले साउन ३२ गते सर्लाहीमा बिहान ११ बजे विशेष साधारण सभ ागर्ने निर्णय गरेको हो ।

लघुवित्तको साधारण सभाले लघुवित्त संस्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्ने र स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा साउन २४ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागीता जनाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij