२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकका सञ्चालक डा. रामप्रसाद घिमिरेले लिए शपथ

राष्ट्र बैंकका सञ्चालक डा. रामप्रसाद घिमिरेले लिए शपथ

1.1K
Shares

काठमाडौं – पाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश सर्वोच्च वा अदालतको निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल, सहरजिस्ट्रारहरु मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij