२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५ .२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार

नेप्से ५ .२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार

955
Shares

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव २९ अंकले घटेर २७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ ।  ३ कम्पनिको शेयर मुल्यमा कुनै परिर्वतन भएन ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ६ वटा समूह बढेको छ भने ७ वटा समूह घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत बढेको छ भने वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij