२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा

500
Shares

काठमाडौं – एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा भएको छ। एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सम्पन्न भइसकेपछि इकाईधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

साथै लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij