२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६४.२५ अकंले बढ्यो, कारोबारमा नयाँ रेकर्ड

नेप्से ६४.२५ अकंले बढ्यो, कारोबारमा नयाँ रेकर्ड

515
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार सेयर बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । २१ अर्ब ९१ करोडभन्दा बढीको सेयर कारोबार भएको हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।

आज १३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij