२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

1.2K
Shares

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्। उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।

बैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij