२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एआइजी ज्ञवाली माथी छानविन गर्न समिति गठन

एआइजी ज्ञवाली माथी छानविन गर्न समिति गठन

1K
Shares

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायतका विषयमा ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेपछि छानबिनका लागि समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij