काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बुधबार बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार एफपीओमा १५ लाख ६४ हजार ४ सय २३ जनाको आवेदन परेको थियो । जस मध्ये ११ सय १ जनाको आवेदन रद्द भई १५ लाख ६३ हजार ३ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार एफपीओमा ४७३.५३ गुणा बढीको आवेदन परेको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये ४ हजार ६ सय ७२ जनाले मात्र शेयर पाएका छन् भने अन्य आवेदक हात खाली भएका छन्। शेयर पाएका ४ हजार ६ सय ७२ जना मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.५४५ कित्ता शेयर पाएका छन् । बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो ।
एफपीओ नतिजा केहि समयमा प्रकाशन हुने छ। प्रकाशन भएपछि ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार कुमारी क्यापिटलको वेबसाइट https://kumaricapital.com/ र, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij