काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबार (साउन १६ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ तोकिएको छ ।
मलेसियन रिंगिटबाहेक अन्य देशको मुद्राको भाउ स्थिर छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij