२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एकै पटक २१ सचिवको सरुवा

एकै पटक २१ सचिवको सरुवा

1K
Shares

काठमाडौं – सरकारले २१ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) दिनेश घिमिरे आएका छन् ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी आएका छन् ।

प्राप्त विवरण अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij