२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

440
Shares

काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। ‘युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु’, मन्त्री खड्काले भने।

ऊर्जा क्षेत्रको विकासमा भएका कानुनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो। भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए। आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij