२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

820
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार (साउन १४ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा आज डलरको मूल्य स्थिर रहेको हो ।

आज युरोपियन युरो एकको खरिददर १४५.१५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.८० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ तोकिएको छ ।

हिजो आइतबार युरोपियन युरो एकको खरिददर १४५.११ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.९७ रुपैयाँ र बिक्रीदर १७२.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६६ रुपैयाँ र बिक्रीदर ८८.०५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.७३ रुपैयाँ र बिक्रीदर ९७.१६ रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.७० रुपैयाँ र बिक्रीदर २८.८३ रुपैयाँ तोकिएको छ । यी देशको मुद्राको मूल्य हिजो आइतबार पनि सोही दरमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij