२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लघुवित्तको नाफा बढ्यो

गुराँस लघुवित्तको नाफा बढ्यो

915
Shares

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो त्रौमासको बित्तिय विवरण सार्बजनिक भएको छ। संस्थाले यस अवधिमा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ ।

चौथो त्रौमासकोसम्म संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढी हो । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात पनि घटेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ६.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशत हुन् पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij