काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आइतबार डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६७ पैसा रहेको छ। शनिबार पनि डलरको विनिमयदर यति नै थियो। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
यस दिन युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ११ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ७० पैसा र बिक्रीमा २८ रुपैयाँ ८३ पैसा पाइन्छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij