नुवाकोट – नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ को सिमामा रहेको चिलाउने गाउँ झरना महोत्सव हुने भएको छ । चिलाउने गाउँ झरना महोत्सव साउन १५ गते हुने भएको हो । झरना महोत्सवँ गाउँपालिकाको ४ र ६ नं वडाले सयुक्त रुपमा आयोजना गर्ने लागिएको छ।
शिवपुरीमा प्राकृतिक सुन्दर झरनाहरु पर्यटकिय स्थल भएकाले महोत्सवमा स्थानीय उत्पादनको विक्रि वितरण सहित झरना महोत्सव गर्न लागिएको र उक्त महोत्सवले शिवपुरीको पर्यटन प्रवद्वनमा टेवा पुग्ने वडा नं ४ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । उनले भने काठमाडौंबाट २२ किमि दुरिमा रहेको उक्त स्थल पर्यटकिय दृष्टिले निकै महत्त्वपूर्ण रहेकाले झरना महोत्सव आयोजना गर्न लागिएको हो ।
गाउँमा पर्यटन प्रवद्वन गर्नोले स्थानीयवासिको आर्थिक आयआर्जनमा टेवा पुर्याउने उद्देश्य यहीँ साउन १५ गते झरना महोत्सव गर्ने लागिएको र महोत्सवमा स्थानीय दारा उत्पादन गरेका कृषि सामाग्री बिक्री वितरण स्टलसहित र स्थानीयले दुधको निशुल्क खिर खुवाउने समुन्द्रादेवि मन्दिर दर्शन गर्ने,महिला समुहबाट पञ्चेबाजा बजाएर मनोरञ्जन सहितका कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij