काठमाण्डौ – राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ । मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो ।
ब्याजदर करिडरको निक्षेप संकलनको दरको तल्लो सीमा ३ प्रतिशतलाई कायम राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात, बैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij