२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने

मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने

710
Shares

इटहरी- विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।

विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन-२०२४’ उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ । यो प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार अर्थात श्रावण १२ गते इटहरीमा हुनेछ । इटहरी अवस्थित गोरखा होटलको सभाहलमा बिहान ११ बजेदेखी अडिसन सुरु हुने बताईएको छ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ । यो प्रतियोगिताको कोरियोग्राफर सुभेक्षा कार्की हुन् । विजेताले ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन-२०२४’को ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij