२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको एक लाख कित्ता सेयर बिक्रीमा

एनएमबि बैंकको एक लाख कित्ता सेयर बिक्रीमा

885
Shares

काठमाडौं– एनएमबि बैंकले एक लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन नपाउने भएका छन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असार २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।
३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij