२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिहीबार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा

बिहीबार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा

885
Shares

काठमाडौं – आज साउन १० गते बिहीबार अमेरिकी डलरको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। डलरको भाउले हिजो (साउन ९ गते) बनाएको रेकर्डलाई तोडेर आज पुनः नयाँ रेकर्ड बनाएको हो।

बुधबार प्रतिडलर १३४ रुपैयाँ २१ पैसा रहेको बिक्रीदर, आज ५ पैसा बढेर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। त्यस्तै, डलरको खरिददर प्रतिडलर १३३ रुपैयाँ ६१ पैसाबाट बढेर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। यस दिनको डलरको मूल्य हालसम्मकै उच्च हो।

यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij