काठमाडौं– आकर्षक तलबको प्रलोभन पारी सिंगापुर पठाउने भनी ठगि गर्ने अन्जना राई लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला उदयपुर पञ्चकन्या नपा वडा ०४ की राईलाई प्रहरीले काठमाडौंको टोखा नपा १० बाट पक्राउ गरेको हो । राईले विदेश पठाइदिने भन्दै २ जना युवाबाट ३ लाख ३६ हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि पिडितले उजुरी दिएपछि पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij