काठमाडौं–- नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । कम्पनीले देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठूला कम्पनीहरू केहि न केहि समस्यामा रहेकाले प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि आर्थिक वर्ष २०८१र८२ को लागि नौलो किसिमको सेवा लिएर आएको बताएको छ ।
मुलुकमा ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्ववस्थाहरूको बारेमा अधिकांश सञ्चालकलाई जानकारी नै नहुने गरेको भन्दै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नहुँदा यी सबै काम गर्न पनि समय र खर्च अत्यधिक लागिरहेको उल्लेख छ ।
विज्ञप्तिमा मानिसलाई कुन सेवा कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन र स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू त झनै पिडित छन् भन्दै यस प्रकारका समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि एकद्वार प्रणाली सेवा ल्याएको उल्लेख छ ।
साथै विज्ञप्तिमा अब कम्पनी व्यवस्थापन गर्न, लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक तथा फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानूनी सल्लाह लिन पनि भौंतारिरहनु नपर्ने उल्लेख छ । ।
कम्पनीले अन्य कम्पनीहरुलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउने पनि बताएको छ। यो सेवाबाट विशेष गरि साना र मझौला कम्पनीरू लाभान्वित हुने भन्दै विज्ञप्तिमा समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा व्यवसाय वृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास रहेको उल्लेख छ ।
नेपालमा अहिले ३ लाख २४ हजार १८६ प्राइभेट लिमिटेड र २ हजार ५३ वटा लिमिटेड कम्पनीहरू दर्ता छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij