२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रु यी हुन्

सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रु यी हुन्

425
Shares

काठमाडौ – सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।  विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार जहाज मर्मतको लागि पोखरातर्फ उडान गरिएको थियो। जहाजमा सबै सौर्यकै कर्मचारीहरू रहेको प्रहरीको भनाइ छ। उक्त जहाजमा १९ जना थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij