२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सौर्य जहाज दुर्घटना अपडेटः चार जनाको शव निकालियो, क्याप्टेनको सकुशल उद्धार

सौर्य जहाज दुर्घटना अपडेटः चार जनाको शव निकालियो, क्याप्टेनको सकुशल उद्धार

440
Shares

काठमाडौं- काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए ।  सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij