२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

425
Shares

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु,धनेन्द्र कार्की, सिता शर्मा रहेका छन् ।

मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij