२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

530
Shares

काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी दिपक तुलाधरले आफ्नो नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन दिए अनुसार कम्पनीले सो शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

कम्पनीले तोकेको उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा सो शेयर सर्वसाधारण व्यक्ति र संघसंस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij