२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

1.3K
Shares

काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट नेपाल एसबिआई बैंक सम्मानित भएको छ । बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोेमा आईक्यानले बैंकलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौढेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई उक्त अवार्ड प्रदान गरेका थिए ।नेपाल एसबिआई बैंकदे १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij