काठमाडौं – एनएमबी बैंकले एनएमबी होम लोनमा ८.९२ प्रतिशतबाट सुरू हुने आकर्षक फ्लोटिङ ब्याजदर उपलब्ध गराएको छ। एनएमबी होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको ब्याजदरको आनन्द लिन सक्ने बैंकको भनाइ छ।
जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन्। घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कुरा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बैंकले बताएको छ।
बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij