२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त

ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त

405
Shares

काठमाडौं– ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त भएका छन् । संस्थाले २०८१ साउन २ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उनलाई कार्यालयमा स्वागत गरेका छन् ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलले विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनको जिम्मेवारीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै १३ वर्षभन्दा बढीको लामो अनुभव संगालेका छन् । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका छन् ।

पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागीय प्रमुख थिए । ग्लोबल आइएमई लघुवित्तले मुलुकभर ५४ जिल्लाका १२० वटा शाखा कार्यालयमार्फत १ लाख ५५ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij