२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोहित र सुरक्षाको प्रणय गीत

रोहित र सुरक्षाको प्रणय गीत

910
Shares

काठमाडौं– गायक हिमाल सागरको आवाजमा रहेको ‘पहिलो गीत’ सार्वजनिक भएको छ। दीपक प्रसाद आचार्य ‘काकु’ को शब्द रचना तथा सन्तोष सुनुवारको कम्पोज रहेको गीतमा सक्किगोनीकी कलाकार सुरक्षा इटानी र रोहित अधिकारीको अभिनय रहेको छ।

अमेरिका स्थित व्यवसाय गर्दै आएका रोहित अधिकारीको डेब्यू म्युजिक भिडियो हो। विशेष गरी आफ्नै नेपाली गीतसंगीत र कला प्रति विशेष अभिरुचि राख्ने रोहित भिडियोमा सुरक्षासंग खुलेका छन्।

दीपक प्रसाद आचार्य ‘काकु’ नै निर्देशनमा तयार भएको भिडियोको सिनेम्याटोग्राफी, सम्पादन तथा रंग संयेजन पवन सुस्लिङले गरेका हुन् भने तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij