काठमाडौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.३६ अकंले बढेर २४८४.६८ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.८६ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij