२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज मौद्रिक नीति नआउने, कारण यस्तो छ

आज मौद्रिक नीति नआउने, कारण यस्तो छ

640
Shares

काठमाडौँ – चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति आज शुक्रबार नआउने भएको छ।  वार्षिक मौद्रिक नीति आज शुक्रवार आउने तयारी गरिएपनि अन्तिम समयमा आएर भने रोकिएको छ । अब अर्को साता मात्रै मौद्रिक नीति आउने भएको छ।

नयाँ बनेको सरकारले राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीतिबारे अध्ययन गर्न समय मागेपछि शुक्रवार ल्याउन लागिएको मौद्रिक नीति पर सरेको हो ।

स्रोतको सूचना अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले मौद्रिक नीतिमाथि परामर्श गर्ने इच्छा जाहेर गरेका कारण आज सार्वजनिक गर्न लागिएको नीति स्थगित गरिएको हो । खतिवडा यसअघि गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री भइसकेका व्यक्ति हुन्।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यसका लागि आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठकसमेत बोलाइएको थियो । अर्थमन्त्री पौडेलसँग गभर्नर अधिकारीले यसपालि लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij