काठमाडौ -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन फाइनान्स कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स समूहको शेयर १.२७ प्रतिशतले घटेको हो । सार्थै, आज ११ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ६.२८ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij