२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

640
Shares

काठमाडौं– सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर आज सामान्य गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य एक हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij