२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएसडिसी लघुवित्तको नाफा बढ्यो

आरएसडिसी लघुवित्तको नाफा बढ्यो

970
Shares

काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेको छ। त्यस्तै। लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.०६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.१२ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा १० करोड ७३ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा ६५ लाख रिभर्स भएपछि लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको जगेडा कोष १५.४७ प्रतिशत बढेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ सापटीबाट ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा बढेर १५ रुपैयाँ ५३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij