२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट एकैपटक १० जना संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर एकैपटक १० जना बाहिरिने भएका हुन् ।

बैंकका अनुसार विभिन्न १० जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न चाहेका छन् । ती सेयरधनीहरूले ३ लाख २८ हजार ९८० कित्ता सेयर बिक्रीमा राखिको बैंकले जनाएको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्न आवेदन दिनुपर्नेछ । यदि संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिद नभएको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij